टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी, चिनियाँ राजदूतले भने- ‘टुडे इज अ गुड डे’


काठमाडाैं । सरकारले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी रहेको स्रोतहरूले जानकारी दिएका छन् ।

त्यसैलाई संकेत गर्दै नेपालका लागि चिनिया राजदूत छन सङले खुसी व्यक्त गरेका छन् । उनले ट्विटरमा खुसी व्यक्त गर्दै लेखेका छन्- ‘टुडे इज अ गुड डे’ ।

राजदूतले यसबारे थप केही खुलाएका छैनन्- यसबारेको जवाफमा उनले लेखेका छन्- वेट एन्ड सी ।

खासमा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीसँगै राजदूतको यस्तो प्रतिक्रिया आएको धेरैको अनुमान छ । यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा प्रतिबन्ध लगाइएकोमा केही दिनदेखि टिकटक चलाउन सहज भने भइसकेको छ ।


प्रकाशित : २०८१ भाद्र ६, बिहीबार १४:२८ गते

ताजा समाचार