इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेस निकट बराल प्यानलसहित विजयी


काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले २ हजार ८१० मत प्राप्त गरेका थिए ।

२५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेनबाहिरका विजयी भएका छन् । एसोसियसनको मतदान शक्रबार भएको थियो भने आइतबार बिहान मात्र मत गणना सकिएको हो ।


प्रकाशित : २०८१ भाद्र ३०, आईतवार ११:३८ गते

ताजा समाचार