प्रधानमन्त्री देउवाको सकारात्मक सुरुवात


काठमाडौं । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुर्सी छाडेर नयाँ उदाहरण प्रस्तुत गरेका छन् । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा प्रधानमन्त्रीको कुर्सीमा नबसेर गठबन्धनका नेताहरुकै लाइनमा बसेका थिए । प्रधानमन्त्रीले देखाएको यो सरलताले सहकार्यको मार्गलाई अझ विस्वासिलो र बलियो बनाउन वातावरण सिर्जना गरेको छ । यसलाई सकारात्मक सुरुवातको रुपमा हेरिएको छ ।

दुई जना पूर्व प्रधानमन्त्री प्रचण्ड र माधब नेपाल र दुई जना पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र चित्रबहादुर केसी सँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखियो । प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ ।​ बायाँतिरको सोफामा प्रचण्ड, नेपाल र केसी बसेका छन् भने दायाँतिरको सोफामा प्रधानमन्त्री देउवा र यादव आसीन छन् ।


प्रकाशित : २०७८ श्रावण १०, आईतवार ०३:४२ गते

ताजा समाचार