लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल विस्वासको मत लिने तयारीमा


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विश्वासको मत लिने तयारीमा लागेका छन्। जनता समाजवादी पार्टीको अधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि अप्ठ्यारोमा परेका पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले तयारी शुरू गरिएको र केही दिनभित्रै विश्वासको मत लिने जानकारी दिए। ८३ सदस्यीय प्रदेशसभामा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका तीन सांसदको समर्थन प्रदेश सरकारलाई थियो ।

जसपाको विवाद टुंगिएर यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि ठाकुर पक्षका तीन सांसदको मत पनि विपक्षी गठबन्धनलाई हुने ठानिएको छ । विपक्षी गठबन्धनबाट कुलप्रसाद केसी मुख्यमन्त्रीमा प्रस्ताव भएका छन्।


प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १२:४५ गते

ताजा समाचार