काठमाडाै । आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना टरेको बताएका छन् । एमालेको माधव समूह गठबन्धनको सरकारमा सहभागी हुने कुरा चलेपनि संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् ।
आइतबारको बैठकअघि अध्यक्ष प्रचण्डले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुने विषयमा छलफल गरेका थिए । माधव नेपाललाई सरकारमा सहभागी हुन गरेको आग्रहका सन्दर्भमा नेता नेपालले पनि संस्थागत रूपमा सहभागी हुन नसक्ने जवाफ दिएको बताएका थिए ।