माधव नेपाल पक्षको बैठकको निष्कर्स लतारिएर एकता हुदैन


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग लतारिएर एकता नगर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ‘हामी लतारिँदैनौ, सम्मानजनक एकताको पक्षमा छौ, एकता दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सर्वनाश हो’, पन्तले बैठकको निष्कर्ष सुनाउँदै भने ।

‘पार्टी एकताका लागि वार्ता चलिरहेका बेला सदस्यता नवीकरण, अधिवेशन लगायतका सङ्गठनात्मक काम अध्यक्ष ओली पक्षबाट भइरहेको छ त्यो रोक्नुपर्ने बैठकको निष्कर्ष छ’, पन्तको भनाइ छ । बिगत लामो समय देखी नेकपा एमाले भित्र केपि ओली र माधव कुमार नेपाल बिच पार्टी भित्र बिवाद चल्दै आएको छ । पछिल्लो चरणमा केपि आलीको प्रधानमन्त्री बाट हटेपछि विवाद झन चर्कदै गएको छ ।


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार ११:३२ गते

ताजा समाचार