विपक्षी गठबन्धनका सांसदलाई होटलमा राखियो ।


बुटवल । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि भोलि विशेष अधिवेशन बस्दैछ । अधिवेशनको तयारी संगै विपक्ष गठबन्धनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेको छ । यसै सन्दर्भमा विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई लुम्बिनीस्थित एक होटलमा राखेको छ । सोमबार नेकपा माओवादी केन्द्रले आफ्ना सांसदलाई कपिलवस्तुको वाणगंगास्थित राजापानी थारु रिसोर्टमा राखेको थियो ।
विपक्षी गठवन्धनका सबै सांसदलाई जम्मा गरेर भावी रणनीतिबारे छलफल गर्ने उद्देश्यले लुम्बिनीमा भेला भएको जानकारी गराइएको छ ।
८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल एमालेका ३८ जना सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत आवश्यक पर्छ ।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १४:२३ गते

ताजा समाचार