जीवन मानन्धर बने म्हैपी संरक्षण तथा व्यवस्थापन समितिको अध्यक्ष


काठमाडौंं । म्हैपी संरक्षण तथा व्यवस्थापन समितिको १८ औं वार्षिक साधारणसभा कार्यक्रम गतहप्ता सम्पन्न भएको छ । यसै साधारण सभाबाट नयाँ संरक्षण तथा व्यवस्थापन समितिको अध्यक्षमा जीवन मानन्धर चुनिएका छन् । त्यसैगरी भेलाले प्रथम उपाध्यक्ष भोला बनमाली, दृतीय उपाध्यक्ष कृष्णमान श्रेष्ठ, सचिब नविन राजभण्डारी, सहसचिव बेकु नारायण श्रेष्ठ, कोषाध्यक्ष छुनु राजभण्डारीसहित नौ सदस्यहरु चयन भएका छन् ।

काठमाडौं महानगर पालिका १६ मा अवस्थित म्हैपी मन्दिर बि।स। २०५१ साल देखि म्हैपी संरक्षण तथा व्यवस्थापन समिति गठन भई यसै समितिले संरक्षण गर्दै आइरहेको छ । विभिन्न पुरातात्विक इतिहास बोकेको यस म्हैपी अजिमा मन्दिरमा बालाजु बाइसधारा पूर्णिमा जात्राससँगै म्हैपी जात्रा र स्वयम्भु गुँल मेला समाप्तिपछि एक महिना यंल मेला म्हैपीमा लाग्ने र तत्पश्चात दशैँ सुरु हुने गरेको छ ।

अझ रोचक पक्ष उपत्यकामा कुनै पनि मठ मन्दिर निर्माण तथा पूनर्निर्माण गर्नु पर्दा यस म्हैपी मन्दिरको माटो लगेर मात्रै मठ मन्दिर निर्माण गर्ने परम्परा रहदै आएको कुरा म्हैपी संरक्षण तथा व्यवस्थापन समितिको अध्यक्ष तथा कामनपा १६ वडा सदस्यले जानकारी गराए । नेकपा एमाले महानगर समिति सचिवालय सदस्य, महानगर समिति कोष तथा आर्थिक विभाग प्रमुखसमेत रहेका मानन्धरले आफू यस मन्दिरको संरक्षण र विकासका लागि प्रतिबद्ध रहेको पनि बताए । लामाे समयदेखि समाज सेवाकाे काम गर्दै आएका मानन्धर कुमारी युवा क्लबकाे अध्यक्षसमेत रहेका छन् ।

म्हैपी मन्दिर परिसरमा दैनिक योग, ध्यान, स्मार्ट एरोबिक हुनुका साथै बिबाह ,ब्रतबन्धलगाएतका विभिन्न धार्मिक कार्य हुनेगरेको छ ।


प्रकाशित : २०७८ आश्विन ६, बुधबार १४:२६ गते

ताजा समाचार