गण्डकी प्रदेशमा बन्यो ओलीकै सरकार


प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर, तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पु¥याउन नसकेका भन्दै ठूलो दलको हैसियतमा पुन गुरुङलाई नै नियुक्त गरेकी हुन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पु¥याउन नसकेको हो । उनको आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने कार्यक्रम रहेको छ ।

गुरुङ वैशाख २६ मा पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै बहुमतको सरकार बनाउन भन्दै प्रदेश प्रमुखले आजसम्मको समय दिएकी थिइन् । दिँदै गुरुङले काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिनुपरेको बताएका थिए ।


प्रकाशित : २०७८ बैशाख २९, बुधबार १२:३३ गते

ताजा समाचार