के हो बिटकोइन?


बिटकोइन एक प्रकारको क्रिप्टोकरेन्सी हो। यो डिजिटल वा भर्चूअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो।

क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ।

यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ। संसारभरि क्रिप्टोकरेन्सीको प्रचलन र भाउ बढ्दै गएका कारण मानिसहरूले सुन या भौतिक मुद्रा बेचेर यसमा लगानी गर्ने चलन बढेको छ।

बिटकोइन माइनरहरूका लागि बिजुली अत्यावश्यक तत्त्व हो। त्यसैले उनीहरूले कार्यक्षमता बढाउनका लागि शक्तिशाली प्रोसेसर खोजेका छन्।

हिजोआज त्यसका लागि एप्लिकेशन-स्पेसिफिक इन्टिग्रेटिड सर्किट (एएसआईसी) नामक अतिविशिष्ट चिप प्रयोग हुन थालेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार एएसआईसीहरू यति विशिष्ट हुन्छन् कि तिनलाई पछि अरू काममा वा अरू खालका क्रिप्टोकरेन्सी माइनिङको एल्गरिदममा पुनः प्रयोग गर्न सकिँदैन।

माइनरहरूले नयाँ बिटकोइन बनाएर पैसा कमाउँछन्। तर त्यसका लागि आवश्यक “कम्प्युटिङ” प्रक्रियाले ठूलो परिमाणमा ऊर्जा खपत गर्छ।

उनीहरू विद्युतीय मुद्राको स्वामित्व लिने अवसरका लागि बिटकोइन कारोबारको अडिट गर्छन्।

त्यसका लागि प्रयोग हुने विद्युत्‌ तथा परिणामस्वरूप हुने हरितगृह ग्यासको प्रदूषणमा अहिले ध्यानाकृष्ट भएको छ। अहिले उपभोग हुने बिजुलीको परिमाण द फिलिपिन्सको भन्दा बढी छ।

तर माइनिङका लागि प्रयुक्त कम्प्युटरहरू थोत्रा भएपछि ती पनि विद्युतीय फोहोर बन्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार बिटकोइन माइन गर्ने उपकरणहरूको औसत आयु १.२९ वर्ष छ।

फलतः उक्त कामबाट बन्ने विद्युतीय फोहोर द नेदरल्यान्ड्सजस्तो देशको “साना आईटी तथा सञ्चार उपकरण”को फोहोरजति हुने डि भ्रज र स्टलको अनुमान छ।


प्रकाशित : २०७८ आश्विन ७, बिहीबार ०१:०२ गते

ताजा समाचार