‘द गोकर्णेश्वर ग्राण्ड फिनाले एण्ड कल्चरल शो २०२३’ सम्पन्न


काठमाडौं । गोकर्णेश्वर नगरपालिकासँगको सहकार्य तथा ट्रेबल फेसन कन्सर्न प्रा.लि.को आयोजनामा “THE GOKARNESHWOR GRAND FASHION & CULTURAL SHOW 2023”  सम्पन्न भएको छ । संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यमा काठमाडौंको जोरपाटीस्थित पिस ब्यांकेटमा यही मंसिर ११ गते सम्पन्न भएको हो ।

त्यसैगरी कार्यक्रममा विशेष अतिथि नगर प्रमुख दिपक रिसाल र अन्य विशेष व्यक्तित्वहरुको उपस्थिमा गायक÷ड्रमर देव राणा, हास्य कलाकार राजाराम पौडेल, जितु नेपाल, तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक मिन न्यौपान, प्रनिल मोक्तान, चलचित्रकर्मी काजी लिम्वुलाई सम्मान गरिएको थियो ।

विविध सांगीतिक प्रस्तुति, नृत्यका साथमा धिमे बाजाको तालमा क्याटवाक गरी शुरु भएको कार्यक्रममा लिटिल आईडल नेपाल २०१९ र २०२२ का कन्टेस्टेण्टहरुले आ–आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

व्यक्तित्व विकास, रचनात्मक क्षमताको उजागर तथा संस्कृतिको संरक्षण र  प्रवद्धर्न गर्ने उदेश्यले “THE GOKARNESHWOR GRAND FASHION & CULTURAL SHOW 2023” आयोजना गरिएको इभेण्ट म्यानेजर तथा कोरियोग्राफर शैलेन्द्र कुमार श्रेष्ठले बताएका छन ।

फोटो सौजन्य: भिजन अनलाईन मिडिया


प्रकाशित : २०८० मंसिर १२, मंगलवार २१:०८ गते

ताजा समाचार