‘राजनीतिलाई उद्यमशीलतासँग जोड्न मेरो उम्मेदवारी’


काठमाडौं । नेपाली काग्रेसको १४ औं महाधिवेशनमा खस आर्यदर्फका केन्द्रीय सदस्यको उम्मेदवार श्याम कुमार घिमिरेले राजनीतिलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । राजधानीमा भएको पत्रकारसँगको भेटघाटमा उनले उद्यमशीलतासहितको राजनीति हुनुपर्ने मुद्दालाई कांगेसभित्र अभियानको रुपमा उठान गर्ने बताए ।

उनले नेपाली कांग्रेसमा नयाँ पुस्ताले अब पुरानो पुस्ताबाट हुन्न भन्ने बहस चलाइरहेको बताउँदै पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उर्जाको उचित समन्वय गरेर जानुपर्नेमा आफ्नो जाड रहेको धारणा व्यक्त गरे । त्यसैगरी बिपीद्वारा प्रतिपादित राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई कायम राख्दै आर्थिक विकास, समाज सुधार र परवर्तनको मुद्दालाई पहिलो प्रथमिकतामा राख्नुपर्ने बताए । त्यसका लागि खुल्ला अर्थनीति र प्रगतिशील ट्याक्स प्रणाली अबलम्बन गर्नुपर्ने उनको जोड थियो ।

जननिर्वाचित प्रतिनिधि र विधिको शासन स्थापित गरेर मात्र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागन गर्न सकिने उनको धारणा थियो ।


प्रकाशित : २०७८ मंसिर २२, बुधबार १६:०२ गते

ताजा समाचार