उत्तर-आधुनिकवादबारे संसारमा धेरै नै बहस र खोज भएको छ । कुनै पनि युगको आफ्नो विचारधारा हुन्छ । प्राचिन युगको विचारधारा दर्शन हो । मध्य युगको विचारधारा धर्म थियो । त्यसैगरी आधुनिक युगको विचारधारा विज्ञान हो । नागासाकी र हिरोसिमामा बमबाड भएपश्चात आधुनिक युग समात्म भएर उत्तरआधुनिक युगको प्रारम्भ भएको मानिन्छ । वर्तमान युगलाई विज्ञान-प्रविधिको युग पनि भनिन्छ ।
आधुनकिता र आधुनिकतावाद सधै छलफल भैरहने विषय हुन् । यी मानव सभ्यतासँग अभिन्न छन् । सभ्यता भनेको विकासको स्तर हो । मानवको फरक विशेषता नै आफ्नो जीवनस्तर अरु प्राणिको भन्दा सरल र सहज बनाउनु हो । भौतिक र मानसिक दुवै परिवर्तनलाई एकाकारण गर्दै युग अनुरुप ढाल्नु हो । यस आलेखमा पूर्व आधुनिकतावाद, आधुनिकतावाद र उत्तरआधुनिकतावादबारे चर्चा गरिनेछ ।
पूर्व-आधुनिकतावाद
सत्रौं शताब्दी पूर्वको काल ईश्वरीय प्रभुसत्ताको काल थियो । ईश्वर अन्तिम सत्ता हो । राज्य ईश्वरको प्रतिनिधि हो । राज्यले जे गर्छ सतप्रतिसत ठिक गर्छ । त्यसलाई ईश्वरीय आदेश मानिनेछ भन्ने विश्वासको काल थियो । त्यसैले यसलाई डार्क एज (अन्धकारको युग) नामकरण गरियो । किनभने यस युगमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रको निर्णय (जर्जमेन्ट) प्राप्त गर्न, अन्तिम सत्य जान्न ईश्वरको साहायता लिनुपर्दछ भन्ने विश्वास गरिन्थ्यो । चर्च, धर्म गुरु, सामन्त र राजाले आफुलाई ईश्वरको प्रतिनिधित्व भएको दावी गर्थे र जनतामाथि शासन गर्थे । त्यतिवेला ईश्वरमाथि विस्वास गरिने भएकाले यस काललाई विश्वासको काल पनि भनिन्थ्यो । त्यो वेला अन्धविस्वास भनिदैन थियो । आँखा बन्द गरेर विस्वास गरिने भएकाले यसलाई पछि गएर अन्धविस्वास भनियो । त्यसैले पूर्वआधुनिकतावाद भनेको ईश्वरीय प्रभुसत्तालाई अन्तिम सत्ता ठान्ने दार्शनिक पद्धति (आइडोलाजिकल एप्रोज) हो ।
पूर्व-आधुनकितावादका मूख्य तीन विशेषता रहेका छन्ः
१) वस्तुलाई निरपेक्ष सत्य ठान्नु -(अल्टिमेट ट्रथ)
२) अन्धविस्वास
३) ईश्वरको प्राधिकार स्विकार गर्नु – (अथोरिटी फ्रम दी गड)
आधुनिकतावाद
जब पूर्व-आधुनिकतावादमा समस्या सिर्जना भयो । त्यसलाई विस्तापित गर्दै आधुनिकतावाद आयो । पूर्व आधुनिकतावाद बुढो भयो । यसले साजिक आवश्यकताहरुको प्रतिनिधित्व गर्न सकेन । यस विचारधाराले सामाजिक आवश्यकता पुरा गर्न सकेन । विस्वासले मात्र समस्याको समाधान गर्न छोडेपछि मानिस जिज्ञासु र व्यवहारवादी हुनु थाल्यो । समाजमा नयाँ विधिहरुको खोजीमा मानिसहरु लाग्न थाले । सैद्धान्तिक रुपमा फ्रान्सिस वेकन र रेने देकार्दले विश्वास अर्थात ईश्वरीय प्रभुसत्ताको पहिलो पटक खण्डन गरे । उनीहरुले विश्वासले समस्या समाधान गर्ने चिन्तनको विकल्पमा विवेकको सत्ता अर्थात वुद्धिसत्ताको अवधारणा अगाडि सारे । उनको तर्क थियो जब संकट पैदा हुन्छ विवेकले मात्र समस्या समाधान गर्न सक्छ । विस्वासले समस्याको समाधान गर्न सक्दैन । जीवन बुद्धिवादले मात्र सम्भव छ भने । त्यसपछि वुद्धि र तर्कको सत्ता (sovbernity of rationalist and resan) स्थापित भयो । यो विचारधाराले सैद्धान्तिक रुपमा आधुनिकतावाद सुरु भयो । त्यसैले आधुनिकतावादलाई उजेलो युग (एज अफ इन्लाइटमेन्ट) भनिन्छ । अधेरो युग विस्तापित भएर उजेलो युग आयो र विवेकी युग सुरु भयो । यसलाई वुद्धिवादको युग पनि भनिन्छ । त्यसैले ईश्वयरिय प्रभुसत्ताको ठाउँमा विवेकीय प्रभुसत्ताको चिन्तन पद्धतिलाई आधुनिकतावाद भनिन्छ ।
मथिको व्याख्याबाट हामी भन्न सक्छौं कि आधुनिकता भनेको भौतिक अर्थात शारिरिक विकास हो । मेटरियल अर फिजिकल डेभलेपमेण्ट हो भने आधुनिकतावादको अर्थ मानसिक पक्षको विकास अर्थात मनोवैज्ञानिक विकास ( मेन्टल अर साइकोलोजिकल डेभलपमेन्ट) को कुरा हो । यो विचारधारात्मक दिशा निर्देश (आइडोलोजिकल डिरेक्सन) हो ।
आधुनिकतावादका तीन मुख्य विशेषता हुन्ः
१) वस्तुलाई निरपेक्ष मान्नु- (अवजेक्टिभ अल्टिमेट ट्रुथ)
२) अन्धविस्वास विरोधी धारा- (एन्टि सुपर नेचुरल
३) विज्ञान र बुद्धिको प्राधिकार स्विकार गर्न- (अथोरिटी फ्रम साइन्स एण्ड ह्युमन रिजन)
उत्तर-आधुनिकतावाद
जसरी पूर्वआधुनिकवादमा समस्या आयो त्यसैगरी आधुनिकवादमा पनि समस्या देखा पर्यो । त्यसकारण आधुनिकवादलाई विस्तापित गर्दै उत्तरआधुनिकतावाद आयो । हरेक विधारधारा र व्यवस्था इतिहासकै आवश्यकताले आउने गर्दछ र आफ्नो भूमिका पुरा गरेर इतिहासकै आवश्यकताले विदा हुने गर्दछ । यो नै समाज विकासको नियम हो ।
वर्तमान युगको आवश्यकता अनुरुप उत्तरआधुनिकतावाद विकास हुँदै आइरहेको छ । यो विचारधारालई इन्कार गरेर नयाँ समाज व्यवस्थामा जान सकिंदैन । केही ठूला व्यक्ति र विद्धान्तहरुलको बुद्धिले मात्र अब संसारमा देखा परेका समस्याहरुलको समाधान हुन सक्दैन । एकल बुद्धिवाद समस्याको समाधानमा कमजोर सावित भएपछि यो विचारधारा आएको हो । बुद्धिलाई त मान्न सकिन्छ तर एक व्यक्तिको बुद्धिलाई मात्र सम्प्रभु मान्न सकिंदैन । त्यसको ठाउँमा हरेक व्यक्तिको बुद्धिलाई सम्प्रभु मान्नुपर्छ भन्ने अवधारणा उत्तरआधुनिकवादको विशिष्ट पक्ष हो । व्यक्तिवादलाई भत्काएर समुदायवादलाई स्थापित नगरी समाजवादमा जान सकिदैन । त्यो काम उत्तरआधुनिकवादले गरिरहेको छ । बुद्धि र सत्यको एक पक्ष र बहुपक्ष जे पनि हुन सक्छ तर सत्य सापेक्ष हुन्छ । (rationalty of one person and institutioin have been substituded by the multitude of rationalty .)
यसले दावि गर्यो कि, वर्तमान युग एउटा मात्रै व्यक्तिको, धर्मको, जातिको, भाषाको, संस्कृतिको युग होइन । उत्तर आधुनिक युग बहुलवाद र बुद्धिवाद (प्लुरालिटी एण्ड रेस्नालिटी)को युग हो ।
उत्तरआधुनिकतावादको सुरुवातकर्ता ज्याक्स डेरिडा र मिसेल फुकोमायालाई मानिन्छ । तर, यसको आधार भने अठारौं शताब्दीमा इमानुयल कान्टले सुरु गरेका थिए । कान्टले आफ्नो चर्चित पुस्तक ‘क्रिटिक अफ प्योर रिजन’ मा यसबारे विस्तृत चर्चा गरेका छन् ।
उत्तरआधुनिकवादको तर्क यो रह्यो कि केबल वुद्धि र तर्कले मात्र सत्यसम्म पुग्न सकिदैन । यो दुई धारे तरवार जस्तो हो । कुनै थेसिस र अवधारणाले पुष्टि गर्नु छ भने निश्चितता पूर्वक आफ्नो वुद्धिले प्रमाणित गर्छ । र, खण्डन गर्नुपर्यो भने पनि निश्चिततापूर्वक आफ्नो बुद्धिले गर्छ । त्यहि वुद्धिले एप्रुप गर्छ र त्यही बुद्धिले रिजेक्ट गर्छ ।
मानौं कुनै व्यक्ति जति नै बुद्धिमानी किन नहोस, उसले एउटा संस्कारको ज्ञानको र परिवेसको चस्मा लगाएको हुन्छ । जसका कारणल आफ्नो एकांकी चस्माबाट संसारको सत्य खोज्ने प्रयास गर्छ । त्यसैले एक व्यक्तिले निकालेको सत्यलाई सत्य मान्न सकिंदैन । त्यसकारण समाजका हरेक व्यक्तिलाई सत्यस खोज्ने प्राधिकार हुनुपर्छ । र, प्रतिनिधिमुलक चिन्तनको ठाउँमा सामुहिक चिन्तनको आवश्यकता पर्छ । उत्तरआधुनिकतावाले इतिहासको अन्त, दर्शनको अन्त, विचारको अन्त, मनुस्यको अन्त, ईश्वरको अन्तको घोषणा गरेको छ । यसलाई विभिन्न रुपमा दार्शनिकहरुले अर्थ लगाएका छन् । यसको वास्तविक अर्थ मेटाउनु होइन । वाइप आउट गर्नु होइन । यसको अर्थ हुन्छ— एकल दार्शनिक प्रभुत्वको अन्त, एकल मानव प्रभुत्वको अन्त र एकल ईश्वरीय सत्ताको अन्त । राजामहाराजको इतिहासको अन्त र समुदायको इतिहासको, जनताका इतिहासको सुरुवात ।
यसरी उत्तरआधुनिकतावाद भनेको सबैको प्रभुत्व हुने, एकल केन्द्रीयताको स्थानमा बहुलकेन्द्रीयता अर्थात सबैको केन्द्रीयताको प्राधिकारको कुरा हो । यो कुरा नभै कसरी समाजवादी व्यवस्थामा जान सकिन्छ ? आजको समाजवादी बामपन्थहरु यो बहसबाट भाग्न मिल्दैन ।
पूर्व आधुनिकतावाद ईश्वरीय सत्तामा आधारित थियो । आधुनिकतावादमा ईश्वरीय सत्तालाई बुद्धिवादले विस्तापित गर्यो । त्यसैगरी आधुनिकतावादको एकल वुद्धिवादी सत्तालाई बहुल बुद्धिवादले विस्तापित गर्दछ । यसलार्य निषेधको निषेधको रुपमा पनि बुझ्न सकिन्छ ।
उत्तरआधुनिकतावाद आउनुका ऐतिहासिक पक्ष
न्युटनीय सिद्धान्तमा आएको परिवर्तन
न्युटनीय सिद्धान्त अनुसार पदार्थीय गति रेखीय हुन्छ । तर, भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनको थ्यौरि अफ रियालिटीले न्युटनको गतिको रेखीय सिद्धान्तलाई विस्तापित गरिदियो । थ्यौरि अफ रियालिटीअनुसार गति सापेक्ष हुन्न भन्ने अवधारणा आयो । फर्म एण्ड मेन्टालिटी अनुसार कुनै वस्तुलाई १ डिग्रीबाट हेरियो भने एउटा देखिन्छ र ३८० डिग्रीबाट हेरियो भने पूर्ण देखिन्छ ।
राजनीतिक काेणबाट हेर्दा हिन्दु र मुश्लिमकाे दङ्गाकाे अनुसन्धान गर्दा हिन्दुले मुश्लिमकाे र मुश्लिमले हिन्दुकाे बायाेसनेस गरेकोे देखियाे। त्यो व्यक्तिको रिलेटिभिटी हो । जसको कारण वस्तुगत ज्ञान प्रप्त हुँदैन । आधुनिकतावादले अव्जेक्टको कुरा गर्दथ्यो भने उत्तरआधुनिकतावादले सब्जेक्टको कुरा गर्यो । आधुनिकतावाद गरेको युनिभर्सल ट्रुथको कुरामा उत्तरआधुनिकतावादले त्यसलाई पनि सापेक्ष मान्यो । सबै ठाउँबाट सूर्य पूर्वबाट मात्र उदाउँदैन । रात र दिन पनि एउटै छैन् । सापेक्ष छ भन्ने तर्क अघि सार्यो ।
क्वाण्टम भौतिकी
उत्तरआधुनिकतावाद आउनुको अर्को कारण थियो— क्वाण्टम फिजिक्सको विकास । आधुनिकतावादमा पदार्थको गति रेखिय हुन्छ भन्ने मान्यता थियो । यदि कुनै पनि पदार्थमा सीमित बल लागाउछौं भने त्यसवेला उसको गति सामान्य रहन्छ । लिनियर रहन्छ । तर त्यो भन्दा बढि बल लगाइयो भने जम्प लियर अगाडि बढ्छ । र, वस्तुले आफ्नो स्थिति परिवर्तन गर्छ । जस्तै पत्थर पानिमा विस्तारै फाल्यौं भने डुब्छ । तर, बल लगाएर फाल्ने हो भने एक छेउबाट अर्को छेउमा पुग्छ । यसरी आधुनिकतावादको इनिसियल पृष्टभूमि पत्ता लागेपछि भविष्यको सबै जान्न सकिन्न् भन्ने निश्चित धारणालाई क्वाण्टम विज्ञानको सिद्धान्तले खारेज गरिदियो । क्वाण्टम सिद्धान्तको यस धारणाले विज्ञानको आधार नै हल्लीयो । किनभने विज्ञानको सत्य भनेको विश्वव्यापी हुन्छ र यो विश्वभरी लागु गर्न सकिन्छ भन्ने थियो । तर क्वाण्टमले यस्तो कुनै सत्य छैन, जुन विश्वभरी लागु हुन सक्छ भनेर विज्ञानको विश्वव्यापी सत्यको मान्यतालाई नकारी दियो ।
पहिले सब्जेक्ट ज्ञानको क्षेत्रबाट बाहिर गएको थियो । भगवान, साहित्य, कला, गुण रहस्यलाई ज्ञानको क्षेत्रमा राखिदैन थियो । तर यी सबैलाई उत्तरआधुनिकतावाले ज्ञानको क्षेत्रभित्र ल्यायो । पहिले चेतना र शरिर अलग अलग विषय मानिन्थ्यो । चेतनाको सम्बन्ध गुण रहस्यसँग हुन्थ्यो भने शरिरको सम्बन्ध विज्ञानसँग भन्ने मानिन्थ्यो । तर उत्तरआधुनिकतावादमा चेतनाको प्रभाव शरिरमा र शरिरको प्रभाव चेतनामा पर्छ भन्ने मानिन थाल्यो ।
निष्कर्ष
उत्तरआधुनिकतालाई हेर्ने विभिन्न दृष्टिकोणहरु छन् । कसैले यसलाई अराजकताता मान्दछन् । कसैले साहित्यको चश्माबाट ब्याख्या गर्दछन् । तर यो विकास प्रकृयाको अनिवार्य आवश्यकताले सिर्जना भएको हो । यसले यथास्थितिको विकल्प खोजिरहेको छ र विकशित हुँदैछ । यसको अध्ययन र अनुसन्धान अझै गर्न बाँकी छ । यसले समुदायको चिन्तनको सत्ताालई लिएर आएको छ । यसले पहिलेको म्याटर र अहिलेको म्याटरमा पनि भिन्नता देखाएको छ । पहिले म्याटर भन्ने वित्तिकै जड बुझिन्थ्यो तर उत्तरआधुनिकतावादमा म्याटर जड मात्रै होइन । कण र तरंगको रुपमा पनि हो । जस्तै सफ्टवेयर, एलिगोरिदम ।
यसको मूलत दुई निष्कर्ष निस्कन्छ — मेटाफिजिक्सको खारेज गर्नु र विज्ञान—प्रविधिलाई आधार बनाइनु । माक्र्सका पनि यस्तै दुई निष्कर्ष थिए— मेटाफिजिक्सलाई खारेज गरेर वैज्ञानिक विचारलाई लागु गर्नु । ध्यान दिनुपर्ने कुरा के छ भने, माक्र्सका पालामा अहिलेको जस्तो भौतिक विकास थिएन । विज्ञान—प्रविधिको यस्तो अदभुत प्रगति थिएन । माक्र्सका पालामा विज्ञानको क्षेत्रमा ३ आयाम मात्र आएको थियो । त्यसपछि आइन्स्टाइनले समय थपेर ४ आयाम बनाए । अहिले ११ आयाम आएको छ । तर हामीले अहिले पनि सामान्य चेतनाले ३ आयाम –लम्बाइ, चौडाइ र उचाइइ) बाट मात्र बस्तुलाई देख्न र बुझ्न सक्दछौं । ११ आयामबाट बस्तुलाई बुझ्ने हाम्रो चेतना बनेको छैन । सापेक्षताको सिद्धान्त र क्वाण्टम सिद्धान्तले गर्ने कामहरु हाम्रो चेतनाले बुझ्नै सक्दैनन् । त्यसकारण अहिले हामीले अनुसरण गरिरहेका हरेक सिद्धान्त, व्यवस्था, नेतृत्व र संगठनबारे आजको युगअनुसार नयाँ सश्लेषण गर्ने वेला आएको छ । ती निष्कर्षहरु समुदाय केन्द्री हुन्छन् । विज्ञान—प्रविधि केन्द्रीत हुन्छन् । २१ औं शताब्दी केन्द्रीत हुन्छन् ।