देशको राजनीतिक संकट हल गर्न भट्टराईको चार प्रस्ताव


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउनपर्नेमा जोड दिए । देशको संकट हल गर्न उनले चार वटा प्रस्ताव पनि अगाडि सारेका छन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्दे शको संकट हल गर्न यसो गरौं:
१) धारा७६९२०वमोजिम सबै दलको सहभागिता र वर्तमान पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं ।
२) दलका प्रमुखरपूर्व प्रम रहेको निर्देशक समिति ।
३) साझा न्यूनतम कार्यक्रम कोभिड नियन्त्रण, (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू
४) एक बर्षभित्र चुनाव ।


प्रकाशित : २०७८ बैशाख २९, बुधबार ०६:०१ गते

ताजा समाचार